विराट एक्स्पो विशेष : राशी ईन्जिनियरिङको स्वदेशमै उत्पादित मेसिन प्रदर्शनीमा

<span class='c1'>विराट एक्स्पो विशेष : राशी</span> <span class='c2'>ईन्जिनियरिङको स्वदेशमै उत्पादित मेसिन प्रदर्शनीमा</span>

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा खेरा गएका प्लाष्टिक जन्य वस्तुलाई पुन: रिसाईकिल गरेर विभिन्न प्लाष्टिकका सामान बनाउने मेशिन पनि प्रदर्शनीमा राखिएको छ ।

मोरङको बुढीगंगा- ५ मा रहेको राशी ईन्जिनियरिङ कम्पनीले मेरो ‘देश मेरो उत्पादन’ नारा सहित नेपालमा नै बनाइएको मेशनरी सामाग्री मेलाको प्रदर्शनीमा राखिएको हो ।

उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा राशी ईन्जिनियरिङले उत्पादन गरेका मेशनरी सामाग्रीहरुको अवलोकन गर्नेहरुको पनि निकै भिड लागेको छ ।

राशी ईन्जिनियरिङ कम्पनीले प्लाष्टिक ग्राईन्डर , प्लाष्टिक एग्लो , प्लाष्टिक दाना मेशीन , स्क्रु ब्यारेल, एचडिपीई पाईप प्लान्ट र प्लाष्टिक वासिंङ मेसिन लगायतका मेशनरी बनाईने गरेको कम्पनीले जनाएको छ । यी मेसिनहरु उत्पादन गर्ने नेपालमा यो एक मात्र कम्पनी हो । वेस्ट प्लास्टिक डम्पिङ्गले वातावरणमा नकारात्मक असर परिरहेको बेला यसको समाधानका लागि राशी इन्जिन्यरिङले नेपालमै पहिलो पल्ट प्लास्टिक रिसाईकलिङ मेसिन उत्पादन गरिरहेको छ ।

अहिले सम्म ३३ लाख भन्दा बढीको मेशनरी सामाग्रीहरु बुकिङ भईसकेको राशि ईन्जिनियरिङ कम्पनीका संचालक कुन्दन झाले जानकारी दिए । विराट एक्स्पोमा बुकिङ गर्नेलाई विशेष छुट प्रदान गरिएको समेत झाले बताए । प्रदर्शनीको स्टल नम्बर बि १०, ११ र १२ मा मेशिनको बारे जानकारी लिन आउनेहरुको पनि उतिकै भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्