विराटनगर । विराटनगरमा स्वाच्छ , शान्त र परिवारीक वातावरणमा रहेको ‘ओएसिस लाउञ्च एण्ड बार’ संचालनमा आएको छ ।
विराटनगर–५ स्थित भृकुटी चौकमा १ करोड ५० लाखको लगानीमा ‘ओएसिस लाउञ्च एण्ड बार’ बुधबारदेखी संचालनमा आएको हो ।
तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रको अनुभव बटुलेका जितेन्द्र श्रेष्ठ सहित अन्य थप दुई जनाको लगानीमा विराटनगरमा ओएसिस लाउञ्च एण्ड बार संचालनमा ल्याएका हुन् ।
बुधबार विराटेश्वर वृद्धा आश्रमका संचालक जगत आर्यलले औपचारीक रूपमा उद्घाटन गरी ओएसिस लाउञ्च एण्ड बार संचालनमा ल्याईएको हो । एउटा छुट्टै स्वाद पस्किने उद्देश्यले ओएसिस लाउञ्च एण्ड बार विराटनगरमा संचालनमा ल्याइएको संचालक श्रेष्ठले बताउनुभयो । श्रेष्ठले यसअघि चितवनमा पनि होटल व्यवसायको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठको लुम्बिनामा पनि लुम्विनी बुद्ध गार्डेन रहेको छ ।
‘विराटनगरमा छुट्टै स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ संचालक श्रेष्ठले भन्नुभयो । बारमा कन्ट्रीनेटल खाना, ग्रिल चिकेन यहाँको विशेष परिकार रहेको बताइएको छ । यस बाहेक कफिका आईटमसंगै यहाँ अन्य थुप्रै मिठा मिठा परिकारहरू पाईने ओएसिस लाउञ्च एण्ड बारले जनाएको छ ।
बिक्री भएको १५ प्रतिशत समाजिक काममा
ओएसिस लाउञ्च एण्ड बारको उद्घाटन भएको दिन बिक्री भएको आम्दानीबाट १५ प्रतिशत सामाजिक काममा खर्चिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्घाटन गरेको दिन बिक्री भएको आम्दानीको १५ प्रतिशत खर्च सामाजिक कार्यमा खर्च गर्ने संचालक श्रेष्ठले जानकारी दिनुभयो । १५ प्रतिशत खर्च विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गर्ने ओएसिस लाउञ्च एण्ड बारले जनाएको छ ।