विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि पूर्वाअञ्चल टिपर व्याव्सायी संघद्धारा सवारी साधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान थालेको छ ।
हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियानमा संघले मोरङ ट्राफिक प्रहरीसंग समन्वय गरेर यो अभियानलाई अगाडी बढाएको हो । पुर्वान्चल टिपर ब्यबसायी संघले बुधबार विहान र जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वय १ सय भन्दा बढी ठुला तथा साना सवारी साधनमा ‘रिफ्लेक्टर’ टासेको हो ।
दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपर लगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ टासेको पूर्वाअञ्चल टिपर ब्याबसायी संघका सन्दिप कुमार सिंहले जानकारी दिनुभयो ।
‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ,’ सिहले भन्नुभयो,‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले यो सडक खण्डबाट हिड्ने सबै सवारी साधनमा ‘रिफ्लेक्टर’ टासेका हौँ ।’
‘रिफ्लेक्टर’ टास्ने अभियानमा पूर्वाअञ्चल टिपर ब्याबसायी संघका निवर्तमान अध्यक्ष गोपाल कार्की,वरिष्ठ सल्लाहकार राम शर्मा फुयाल लगायत संस्था आबद्ध टिपर ब्यबसायी र जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक राज कुमार कार्की , ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्य लगायत अन्य ट्राफिक प्रहरीले समन्वय गरेका थिए । हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।
हुस्सु लाग्ने क्रम बढेसँगै पछिल्लो समय सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्ने कार्यमा ट्राफिकले सक्रियता बढाएको बढाउदै आएको छ । त्योबाहेक सवारी दुर्घटना रोक्नलाई चालक, पैदलयात्रु, विद्यार्थी, तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक ट्राफिक प्रशिक्षण र सचेतनामूलक कार्यक्रम समेत गरिएको सचिव सिंहले जानकारी दिनुभयो ।