विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालद्वारा न्यानो कपडा वितरण गरेको छ ।
बिहिबार राउण्ड टेबल नेपालले विराटनगरस्थित राधाकृष्ण राइस मिलका श्रमिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढेसगै राधाकृष्ण राइस मिलमा कार्यरत ५० जना श्रमिकलाई ज्याकेट,सुईटर साथै न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा राइस मिलका उपस्थित मध्ये एकजनाले जाडोको बेलामा न्यानो कपडा वितरण गरेर सहयोग पुर्याएकोमा खुसी व्यक्त गरे ।
राउण्ड टेबल नेपालले वितरण पक्षात श्रमिकहरुलाई साँझको खाजा पनि खुवाएको थियो । राउण्ड टेबल नेपालले सामाजिक कार्य गर्दै आएको छ।