बिराटनगर बैशाख , बिराटनगरको हिमालय टाकिजमा चहिरहेको नेपाली चलचित्र हाउ फन्नीले बिराटनगरका दर्शक हसाउन सफल भएको छ । शुक्रबारदेखि बिराटनगरमा चलिरहेको उक्त चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ ।
शनिबार आवर बिराटनगर डट नेट टिम हल पुग्दा हल खचाखच भरिएको थियो र चलचित्रले दर्शकलाई पेट मिचेर हसाउन सफल भएको देखिन्थ्यो । बिचमा चलचित्र स्लो भएपनि केकी अधिकारी र प्रियंका कार्कीले दर्शकलाई हसाउन सफल छन ।
निलु दोल्मा शेर्पाको निर्देशनमा बनेको चलचित्रले नेपालका अन्य भागमा पनि राम्रो व्यापार गरिरहेको छ ।