विराटनगर । संघको पछिल्लो राष्ट्रिय राजनीतिमा हलचलभएसँगै यतिबेला प्रदेश १ मा उत्तिकै प्रभाव परेको छ ।
संघको राजनीतिक समिकरण कुरेर बसेका प्रदेशमा संघीय सरकार गठनको प्रक्रियामा एमाले निर्णायक बनेसँगै प्रदेश १ को पनि राजनीतिक समिकरण बदलिएको छ । संघमा सरकार गठनको प्रक्रियामा एमालेसँग सहमति जुटेको भए पनि प्रदेश १ मा भने कुन दलको नेतृत्वमा सरकार निर्माण हुने हो भन्ने अझैसम्म ठोस निर्णय भएको छैन । संघिय राजनीतिक समिकरणले कोल्टे फेरेसँगै यतिबेला निर्णयक भूमिकामा रहेको जसपाकी एक्ली सांसदको पनि मओवादी र एमाले सत्तासाझेदारीमा जाने निर्णय गरेसँगै उनको महत्व घट्दै गएको छ ।
यसअघि सत्ता पक्षमा रहेका काँग्रेस, माओवादीलगायतसँग ४६ हुँदा एमाले र राप्रपासँग पनि ४६ सांसद थियो । दुवै सरकार बनाउने प्रयास गर्दा जसपाकी सांसद लिम्बू निर्णायक बनेकी थिइन् । प्रदेश १ मा सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन् । दोश्रो स्थानमा रहेको नपाली काँग्रेससँग २९ जना सांसद छन् । भने, तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन् । राप्रपासँग ६ र जसपासँग १ सांसद छन् । सबै सांसदको संख्या जोड्दा ६० पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना हुँदा सरकार गठन गर्न सहज हुन्छ ।
संसदीय दल चयन नै सकस भइरहेको नेपाली काँग्रससँग २९ जना सांसद छन् । प्रदेश १ मा दोश्रो ठूला ेदल रहेको काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले प्रदेश १ सरकार आफ्नो नेतृत्वमा हुनुपर्ने दाबी गर्दै आइरहेको भए पनि पछिल्लो संघमा भएको राजनीतिक निर्णयले भने काँग्रेस प्रदेश सरकार गठन प्रक्रियाबाट रिङ आउट भएको छ । अर्थात काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना चुकेको छ । काँगे्रस प्रतिपक्ष भएर बस्नुपर्ने अवस्था देखिएसँगै यता एकिकृत समाजवादीले पनि सरकारमा नजाने निर्णय गरेको छ । एकिकृत समाजवादीको केन्द्रीय सचिवालको आजै बसेको बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको बताउँदै देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको जनाइएको छ ।
प्रदेश १ को नेतृत्व कसको पोल्टोमा ?
‘एमालेको नेतृत्वमा सरकार बनाउने तयारीमा हामी जुट्छौँ ’ आजै सर्वसम्मत एमाले दलको नेता चयन भएका हिक्मतकुमार कार्कीले संचारकर्मीसँगको प्रतिक्रिया दिँदै भने । प्रदेश १ मा मओवादीसँग एमालेले मुख्यमन्त्री पाउने सहमति भए उनै कार्की मुख्यमन्त्री हुने सम्भावना देखिएको छ । केन्द्रमा मओवादीले प्रभानमन्त्रीको भाग पाएकाले प्रदेश १ मा मओवादीको नेतृत्वमा सरकार गठन हुन सकस रहने नेताहरु बताउछन् । यद्यपी, प्रदेश १ मा सहमति भएर माओवादीको भागमा मुख्यमन्त्री पाए मओवादी केन्द्रका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने निश्चि देखिन्छ । माओवादी केन्द्रले सोमबार आयोजना गरिएको प्रदेशसभा सदस्यहरुको शपथग्रहणको कार्यक्रम सकेर दलको नेता चयन गर्ने जनाएको छ । दलको नेता चयनमा कुनै विवाद नहुने र सर्वसम्मतको आधारमा आङ्बो नै दलको नेता बन्ने निश्चित रहेको मओवादी केन्द्रका नेताहरु बताउछन् ।