शिक्षा क्षेत्रको विकासमा महानगर गम्भीर छ : मेयर कोइराला

<span class='c1'>शिक्षा क्षेत्रको विकासमा महानगर गम्भीर</span> <span class='c2'>छ : मेयर कोइराला</span>

विराटनगर । शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गर्नु भएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा मेयर कोइरालाले स्कुल ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले नारायणप्रसाद कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत भएको चर्चा गर्नु भयो । उहाँले विराटनगरको राजनैतिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रमा कोइरालाको अतुलनीय योगदान रहेको बताए । “उहाँ मेरो राजनीतिका प्रेरणाका स्रोत हुनुहुन्थ्यो,” मेयर कोइरालाले भने, “उहाँकै कारणले म राजनीतिमा लागेको हुँ, विराटनगरको समाजले उहाँलाई सधैं सम्झिरहनेछ ।”

मेयर कोइरालाले शिक्षाको विकासमा महानगरपालिका गम्भीर रहेको बताए ।

कार्यक्रममा विराटनगर वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर महागरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, विद्यालयका प्रअ योगेन्द्र कार्की, पूर्वप्रअ डिल्ली पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य अनुजा कोइरालालगायतले सरस्वती विद्यालयको स्नरोन्नति र विकासमा नारायणप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्