सदनबाटै प्रदेश खारेजीको माग राख्छु : भक्ति सिटौला

<span class='c1'>सदनबाटै प्रदेश खारेजीको माग</span> <span class='c2'>राख्छु : भक्ति सिटौला</span>

विराटनगर । प्रदेश खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्री पार्टीमा प्रत्यक्ष र समानुपातिक गरी चार जनाजना सांसद छन् ।

चारैजना सांसदले आज (सोमबार) शपथ ग्रहण पनि गरे । शपथ ग्रहणपछि राप्रपाबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गर्दा प्रदेश खारेजीको मागका विषयलाई कहीँ छुटाएनन् ।

उनले सदनबाटै प्रदेश खारेजीको माग राख्ने दाबी समेत गरे । प्रदेशले जनतालाई भार बोकाएको महसुस भएको धारणा राख्दै उनले विदेशीसँग ऋण लिएर प्रदेश सभाका सदस्यहरूलाई तलबभत्ता खुवाउनुपरेको बताए ।

भत्ता खानेमा तपाई पनि पर्नु भयो नि ? भन्ने प्रश्नमा उनले भने,‘स्वभावैले प्रदेश विगार्नुमा भोको पेटमा त लाग्दैनौ, घर भत्काउदा पनि त भोको पेट त भत्काउन सक्दैन नि ।’ सरकारमा जान परे प्रदेशसभा खारेज गर्ने आवाज उठाउन नछोड्ने बताए । उनले घर बाहिर भन्दा पनि घर भित्र बसेर घर भत्काउ भन्ने आवाज उठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्