प्रदेश १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

<span class='c1'>प्रदेश १ मन्त्रिपरिषद् बैठक :</span> <span class='c2'>१७ गते प्रदेशसभा अधिवेशन आह्वान</span>

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारकमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा, १६६ को उपधारा (२) बमोजिम प्रदेशप्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्