अर्थमन्त्रीले वार्तामा बोलाएपछी मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित

<span class='c1'>अर्थमन्त्रीले वार्तामा बोलाएपछी मोरङका</span> <span class='c2'>उद्योगी व्यवसायीको आन्दोलन स्थगित</span>

विराटनगर । उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेको छ ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित भएको हो ।

अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलार्य वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघ का अध्यक्ष नविन रिजालले जानकारी दिए ।

सरकारले माग सम्बोधन गर्ने आश देखाएको उनले बताए । माग सम्बोधन नभए पून सडक संघर्षमा फर्किने उनको भनाइ छ ।

अर्थमन्त्रीसँगकाे वार्ताका लागि आजै टाेली काठमाडौँ जाने उनले जानकारी दिए । उनका अनुसार वार्ता टाेलीमा सहभागि हुन विराटनगरबाट ६ जनाकाे टाेली जानेछ । वार्ता टाेलीमा भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौँ उद्याेग वार्णिज्य संघका प्रतिनिधिपनि सहभागि हुने रिजालले बताए ।

बैंकको चर्काे ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्