प्रदेश १ मा को बन्लान मुख्यमन्त्री ?

<span class='c1'>प्रदेश १ मा को</span> <span class='c2'>बन्लान मुख्यमन्त्री ?</span>

विराटनगर । प्रदेश १ मा नेकपा मओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नतो सर्वसम्मत चयन भइसकेको छ ।

एमालेले पुष १० गते दलको बैठकबाट सर्ववम्मत हिक्मकतकुमार कार्कीलाई दलको नेतामा चयन गरे । भने, मओवादी केन्द्रले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेता चयन गरे । दुईवटा दलले संसदीय दलको नेता चयन प्रक्रिया दिध्याएसँगै यतिबेला प्रदेश १ सरकारको नेतृत्वमा एमाले र मओवादी केन्द्रले नै दाबी गरेका छन् । आइतबारदेखि संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । प्रदेश १ मा सबैभन्दा ठूलो दल नेकपा एमाले छ । भने, माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ । यसअघिको गठबन्धनमा नेपाली काँगे्रस र मओवादी केन्द्र दुवैको प्रदेश १ को नेतृत्वमा दाबी रहेको थियो ।

मुख्यमन्त्रीमा रस्साकस्सी

प्रदेशमा ठूलो दल नकेपा एमाले भएको आधारले पनि प्रदेश १ को नेतृत्व एमालेले पाउनेमा हिक्मत कार्की ढुक्क छन् । निर्वाचनताका सहकार्य गरेर आएको राप्रपा र जसपाको बहुमतसँगै नयाँ समीकरणको गठबन्धनले ६० सिट पुग्ने उनी बताउछन् । ‘निर्वाचनमा हामीलेसहकार्य गरेको जसपा र राप्रपा सहित स्पष्ट बहुमतमा छौँ, नेकपा माओवादी केन्द्रले हालको सत्ता समीकरणमा प्रधानमन्त्रीको जिम्मेवारीमा माओवादी थपिँदा यहाँ ६० सिटको हाम्रो हुन्छ, ’ उनले भने,‘केन्द्रीय सत्ताको बाँडफाँटमा अन्यथा नभए प्रदेश-१ एमाले नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’ यता, मओवादी केन्द्रका प्रदेश सचिव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले प्रदेश १ को मुख्यमन्त्रीका लागि केन्द्रमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई प्रस्ताव गरेको बताए । सत्ता बाँडफाँडमा मओवादीको भागमा प्रदेश १ मओवादीले पाउनुपर्ने दाबी रहेको उनले बताए । उनका अनुसार मओवादी केन्द्रको नृतत्वका सरकार प्रदेश १ मा बन्नपर्छ भन्ने पहलका लागि माओवादी केन्द्रका प्रदेश इन्चार्ज राम कार्कीको नेतृत्वमा तीन सदस्य समिति निर्माण गरिएको छ ।‘हामीले प्रदेश १ को नेतृत्वमा माओवादी केन्द्रले पाउनुपर्छ भन्ने पहलकदमीका लागि प्रदेश इन्चार्ज राम कार्कीको नेतृत्वमा तीन सदस्य समिति निर्माण गरेका छौं ।’उनले भने,‘ उहाँको नेतृत्वले अध्यक्ष प्रचण्ड मार्फत डेलिकेशन गर्नुहुन्छ, एक नम्बरमा हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने सशक्त दाबी रहन्छ ।’

दोस्रो पटक प्रदेशसभाका लागि संसदीय यात्रा तय गरेका आङ्बो एक कार्यकालमा दुई पटक अर्थमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । उनी अनुभवको आधारमा पनि आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउछन् । अघिल्लो चरणमा माओवादी नेतृत्वमा प्रदेश १ मा सरकार नबनेका कारण यो पटक माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने दाबी रहेको उनी जिकिर गर्छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्