विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्वक अघि बढ्नुपर्ने बताएका हुन् ।
‘अहिलेको सरकारले राम्रो काम गरेर देशलाई अघि बढाएर समृद्धि ल्याउनुका साथै नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक स्थिरता दिओस् भन्ने कामना डाक्टर शेखरले गरेका छन् । सन् २०२३ मा विश्वभरि नै आर्थिक संकट बढ्दै जाने अर्थविद्हरुको प्रक्षेपण रहेकाले त्यसको असर नेपालको आमसर्वसाधारण पर्ने संभावनालाई सरकारले समयमै आकंलन गरेर अगाडी बढ्नुपर्ने सुझाव दिए ।
गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने सोचेका थियौं तर त्यो कांग्रेस नेतृत्वको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कारण हुन नसक्नु दुर्भाग्यपूर्ण कार्य भएको कोइरालाले बताए । ‘माओवादी केन्द्रका अध्यक्ष दाहालले सुरुमा नै प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी नेतृत्वलाई जानकारी गराइसको थिएँ, त्यसैले गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी भएको उनको आरोप छ ।
सरकारमा नजाँदैमा कांग्रेस खुम्चियो, कमजोर भयो भन्ने मानसिकता कसैलाई पनि नराख्न कोइरालाको बुझाई छ । काँग्रेसभित्र ठूलो शक्ति भएकाले गल्तीलाई सच्याउने उनले बताएका छन् ।