नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने

<span class='c1'>नेपाल खेलकुद महासंघको दोस्रो</span> <span class='c2'>महाधिवेशन विराटनगरमा हुने</span>

विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासँघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनुभएको छ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरुको लागि उत्सवको रुपमा रहने बताउनुभयो ।

उहाँले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रुपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेलक्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने जानकारी दिनुभयो । खेल क्षेत्रलाई महत्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उहाँले खेलकुद महासँघले खेलकुदको प्रवर्धन गर्दै खेलाडिहरुको हितका लागि नीति निर्माणमा पार्टीलाई दवाव दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यसैबिच महाधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि नेकपा एमाले मोरङले समेत सहयोग गर्ने निर्णय गरेको छ । हिजो बसेको पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकले महाधिवेशनलाई भव्य बनाउन सहयोग गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्