मोरङबाट निर्वाचनमा सबभन्दा बढी खर्च गर्ने सुनील ,कम खर्च गर्ने रेखा

<span class='c1'>मोरङबाट निर्वाचनमा सबभन्दा बढी खर्च गर्ने</span> <span class='c2'>सुनील ,कम खर्च गर्ने रेखा</span>

विराटनगर । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन्दा बढी मतदाता रहेको मोरङमा प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभा सदस्यमा १ सय १० गरी २ सय १५ उम्मेदवार थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको यस जिल्लाका अधिकांश उम्मेदवारले प्रदेश १ निर्वाचन आयोगको कार्यालय विराटनगरमा खर्च विवरण बुझाएका छन् ।

२ सय १५ उम्मेदवारमध्ये २ सय ११ जनाले खर्च विवरण बुझाइसकेका छन् । अब ४ जनाले मात्रै खर्च विवरण बुझाउन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा सबभन्दा बढी खर्च गर्ने प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवारमध्ये कांग्रेसका सुनील शर्मा ३० लाख ६४ हजार खर्च गरेका छन्। सबभन्दा कम खर्च गर्नेमा शर्माकै प्रतिद्वन्दी रहेकी राप्रपाबाट उम्मेदवारी दिएकी रेखा थापाले ३ लाख ९ हजार रुपैयाँ मात्रै खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्