विराटनगर नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

<span class='c1'>विराटनगर नगर बालक्लब सञ्जालका पदाधिकारी</span> <span class='c2'>र सदस्यलाई प्रमाणपत्र वितरण</span>

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा सञ्जालका संरक्षणसमेत रहनु भएका महानगरका मेयर नागेश कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आठौं नगर बाल भेलाले आदित्य झाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भएका थिए । कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारी र सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नगर बाल सञ्जाललाई महानगरका १९ वटै वडामा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बालकल्याण अधिकारी मञ्जु लोहनीले नगरमा बालबालिकाको अवस्था र महानगरले बालबालिकाको क्षेत्रका गरिरहेको कार्यका विषयमा जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्