विराटनगरको अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनायो

<span class='c1'>विराटनगरको अनमोल स्पेशल एजुकेशन</span> <span class='c2'>सेन्टरले चौथो वार्षिकोत्सव मनायो</span>

विराटनगर । विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनाएको छ।

बिहिबार अनमोल स्पेशल एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै चौथो वार्षिकोत्सव मनाएको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलसित सहकार्य गर्न महानगर तयार रहेको समेत उल्लेख गर्नुभयो । उहाँले अटिजम भएका बालबालिकाहरुको तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै अनमोल एजुकेशनलले अटिजम भएका बालबालिकाको क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउनुभयो । अनमोलले थेरापीलगायतका माध्यमबाट अटिजम भएका बालबालिकाहरुको उपचार गर्दै आएको आयोजक संस्थाकी निर्देशक तथा मनोचिकित्सक अर्चना रिमालले बताउनुभयो ।

जन्मेको १८ महिनादेखि ३ वर्षसम्मका बालबालिकालाई अटिजम लक्षणहरु देखा पर्ने गरेको छ । अहिलेसम्म अटिजम हुनुको कारण पत्ता नलागे पनि मुख्य गरी वंशणुगत ,खानपान र वातावरणका कारण हुनसक्ने अनुमान रहेको संस्थापक प्रिन्सिपल संगीता न्यौपानेले जानकारी दिनुभयो ।

अनमोलमा हालसम्म एक सय २५ जनाले लाभ लिइसकेका छन् । हाल ५० जनाभन्दा बढीलाई अनमोलले सेवा दिइरहेको छ । न्यौपानेका अनुसार २० जना सामान्य विद्यालयमा अध्ययन गर्न पठाइसकिएको छ । बाल रोग तथा अटिजमका डा. हेमसागर रिमालले अटिजम भएका बालबालिकाको उपचारका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उक्त सेन्टरमा रहेका बालबालिकालाई महिनामा एकपटक नि:शुल्क उपचार गराउदै आएको संस्थापक प्रिन्सिपल न्यौपानेले जानकारी दिनुभयो ।

मेयर कोइरालाले महानगरपालिकासित सहकार्य गरेर उनीहरुको उपचारसहित रेखदेख र संरक्षणका लागि छुट्टै विद्यालय खोल्न सकिने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्