विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो ।
सप्ताहव्यापी खेलकुदमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । सप्ताहव्यापी खेलकुदमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस मिटमा सहभागी जनाउन सक्ने प्रिन्सिपल नेपालले बताए ।
कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले सप्ताहव्यापी खेलकुद सुरु गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद्यार्थीहरूले सप्ताहव्यापी खेलकुदमा सहभागी लिएको कलेजले जनाएको छ । यसैविच आज भएको सप्ताहव्यापी खेलकुद अन्तर्गत आज उद्घाटन खेलमा टेबलटेनिस र क्रिकेट सम्पन्न भएका छ । १६ गते फुटबल र १७ गते भलिबल खेलहरु सञ्चालन हुने जनाइएको छ ।
आज भएको क्रिकेट खेलमा विज्ञान सङ्कायले दिएको १०४ को टार्गेट व्यवस्थापन सङकायले १४ औभरमा ३ विकेट गुमाइ विजयी भएको छ ।