अंग्रेजी महिनाको नयाँ बर्षको साँझ आज विराटनगरमा कहाँ के छ ?

<span class='c1'>अंग्रेजी महिनाको  नयाँ बर्षको साँझ</span> <span class='c2'>आज विराटनगरमा कहाँ के छ ?</span>

प्रेम देवान

विराटनगर । अंग्रेजी महिनाको २०२२ लाई आज राती १२ बजे विदाई गरिदैछ । १२ बजेपछि अग्रेजी महिनाको २०२३ लाई आज स्वागत गरिदैछ । विशेषगरी भारत लगायत पस्चिमा मुलुकहरुमा अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मनाउने गर्दछन् । पछिल्लो समय नेपालमा पनि अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मनाईदै आएको छ ।

यता विराटनगरमा पनि नयाँ बर्षमा विविध साँगितीक कार्यक्रमहरु गरिदैछ । विशेषगरी विराटनगरका ठुला होटल तथा रेष्टु्राहरुमा साँगितिक कार्यक्रमहरु गरिदैछ । विराटनगरको विग होटलले हरेक बर्ष नयाँ बर्षलाई विशेष साँगितीक कार्यक्रम गरी मनाउदै आएको छ । यसपटक पनि नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०२३ ’ गर्दैछ ।


२०७५ सालमा स्थपना भएको विग होटलले केही समय अगाडी ४ तारे होटलको स्वीकृती पाएको होटलले राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित न्यु ईयर मनाउदैछ ।
न्यु इयर ईभमा ‘नेपाल आईडल सिजन ३’ की विजेता सज्जा चौलागाई सहितको व्याण्ड रहने छ भने आरिफ रफ र स्थानिय व्याण्ड सुभम एण्ड व्याण्डको साँगितीका कार्यक्रम रहने विग होटलका मेनेजर संजय साहले जानकारी दिनुभयो ।


यसैविच विराटनगर ७ हाटखोलामा रहेको ‘स्काई लाउन्ज एण्ड ग्रिल’ ले पनि विशेष साँगितीक कार्यक्रम गर्दैछ । ‘स्काई लाउन्ज एण्ड ग्रिल’ ले वोन फायर सहित ‘न्यु इयर ईभ २०२३ ’लाई साँगितिक कार्यक्रम गर्दैछ । साँगितिक कार्यक्रममा विराटनगरका नव गायिका सिर्जना कार्की, सुभम न्यौपाने र डिजे उत्तमले आफ्नो प्रस्तुति दिने भएका छन् । यता विराटनगरको हिमालय रोडमा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन’ले पनि लाईभ म्युजिक सहित कार्यक्रम गर्दैछ । आज साँझ लाईभ म्युजिक कार्यक्रममा सुरेस फुयालले आफ्नो प्रस्तुति दिने भएका छन् भने भोली जनवारी १ तारिकका दिन सुभम न्यौपाने र अरिफ राफले लाईभ म्युजिक कार्यक्रममा गित गाँउदैछन् ।


उता हाटखोलामा रहेको ‘फन एण्ड फुड भिलेज रिर्सोटमा’ पनि वोन फायरका साथमा लाईभ म्युजिकको मज्जा लिन सकिनेछ । रिर्सोटका संचालक भुपाल राईका अनुसार आज नयाँ बर्षको पुर्वसन्ध्यामा परिवारिक बातावरणमा लाईभ म्युजिक कार्यक्रम गरिने भएको छ ।
विराटनगरमा रहेका द बद्रश व्याण्ड र डिजे केडीले आ आफ्नो प्रस्तुति दिने भएका छन् ।

यसका साथै विराटनगरको पर्पल हेज , ह्स्याट्याग लगायत विराटनगरका अन्य होटल तथा रेष्टुराहरुमा लाईभ म्युजिकको साथमा आज आफ्ना ग्राहक तथा सेवाग्राहीलाई विशेष अफर दिएको छ । आज राती १२ बजेबाट सुरु हुन लागेको अग्रेजी महिनाको नयाँ बर्षको तपाई सबैलाई ओवी मिडियाको तर्फबाट शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्