देशको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक :मेयर कोइराला

<span class='c1'>देशको विकासका लागि तीनै तहको सरकारबीच</span> <span class='c2'>समन्वय र सहकार्य आवश्यक :मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ ।

उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले अब संकीणर् र साँघुरो मानसिकता बोकेर देशको विकास नहुने दाबी गर्नु भएको छ । मेयर कोइरालाले शुभकामना सन्देश दिंदै स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुने मेयर कोइरालाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्