शुल्क नबुझाएको भन्दै विराटनगरको कोशी मोडलमा विद्यार्थीलाई प्रवेश निषेध गर्ने घोषणा, अभिभावकमाथि दुव्र्यवहार

<span class='c1'>शुल्क नबुझाएको भन्दै विराटनगरको कोशी मोडलमा विद्यार्थीलाई</span> <span class='c2'>प्रवेश निषेध गर्ने घोषणा, अभिभावकमाथि दुव्र्यवहार</span>

विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ ।

कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अमृता मगरका अनुसार चालु शैक्षिकसत्रको १८ हजार रुपैँया बुझाईसकेपछि बाँकी २० हजार रुपैँया थियो । बारम्बार फोन गरेर रकम बुझाउन दवाव दिएपछि सोमबार अमृता आफ्नी छोरीलाई घरमै छोडेर विद्यालय आएकी थिइन् ।

उनले आगामी २१ गते भित्र शुल्क बुझाउने बताउँदा सञ्चालक मनिस सोनीले गालीगलौज गर्दै बाहिर निकाल्न अह्राएको पीडितले गुनासो गरिन् । चालु शैक्षिक सत्रको अन्तिम अवधीमा आउँदा आफ्नी छोरीलाई विद्यालयले अबदेखि नपढाउने बताएपछि आमा अमृताले विकल्प खोज्नु पर्ने वा पढाई रोक्नुपर्ने स्थिति आईलागेको बताइन् ।
एकल महिला अमृताले भर्नाको अवधीमा दश हजार र त्यसपछि ८ हजार रुपिँया बुझाईसकेकी छिन् । त्यसपछि विद्यालय प्रशासनले हिसाब गरेर दिएको २० हजार रुपिँया बुझाउने समय आईरहेको थियो । तर, बारम्बार फोन गरेर रकम बुझाउन दवाव दिन थालेपछि उनी विद्यालयमा आफ्नो गुनासो पोख्न आएकी थिइन् ।

मैले युकेजीदेखि त्यहि स्कुलमा पढाएकी छोरीको अहिलेसम्म कुनै शुल्क बाँकी छैन, अमृताले भनिन्–कक्षा ५ मा अध्ययनरत मेरी छोरीको बाँकी शुल्क बुझाउन म्याद चैतसम्म थियो, पुस २१ गतेसम्ममा बुझाउँछु भन्न आउँदा दुव्र्यवहार गरियो । ‘यसको औकात छैन, यसलाई गेटबाट निकाल्नु अनि यसकी छोरीलाई भोलिदेखि विद्यालय पस्न नदिनु’ भन्दै सञ्चालक सोनीले निर्देशन दिएको उनको आरोप छ ।

यता विद्यालयका सञ्चालक सोनीले भने आफूले त्यसो नगरेको बताएका छन् । उनले बारम्बार विद्यालयबाट फोन गर्दा नउठाएपछि आफूले फोन गरेको बताए । उनले विद्यालयमा आएर होहल्ला गर्न थालेपछि आफूले भित्र बस्न भनेपनि नमानेको दावी सोनीको छ । तर, अमृताले भने आफ्नी छोरीको भविष्य सक्ने गरि आफुमाथि आक्रमणको प्रयास भएको भन्दै यसको लागि कानुनी उपचार खोज्ने बताएकी छिन् ।

विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले शुल्क नबुझाएको आधारमा विद्यार्थीलाई कुनैपनि दवाव दिन नमिल्ने बताएका छन् । उनले निजी शैक्षिक संस्थाले तोकेको शुल्क अभिभावकले बुझाउनु पर्ने भएपनि विद्यार्थीलाई असर पार्ने गरि कुनै दवाव सिर्जना गर्नु कानुन विपरित हुने बताए । चालु शैक्षिक सत्रको शुल्क बुझाउने समय अझै लामो समय रहेकोले विद्यालयले अहिले नै शुल्क बुझाईहाल्नु पर्ने दवाव दिन समेत नमिल्ने खतिवडाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्