साझेदारको फन्दामा फसेका विराटनगरका मिडिया सञ्चालक अब्दुल

<span class='c1'>साझेदारको फन्दामा फसेका विराटनगरका</span> <span class='c2'>मिडिया सञ्चालक अब्दुल</span>

सुजता लिम्बु
विराटनगर । संघर्ष तीन अक्षरको शब्द मात्रै नभएर जीवनलाई चलायमान गर्ने एउटा माध्यम पनि हो । मानिस बाँच्नका लागि अथवा जीवन चलाउनका लागि केही न केही गरिरहेकै हुन्छन् । यस्तै मिडिया हाउसका संचालक अब्दुल खत्ताब संचार क्षेत्रमा भविष्य खोज्दै संघर्षरत थिए । नेपाल टाइम्स नाम दिएर संचालनमा ल्याएको मिडिया हाउसले विराटनगरमा चर्चा बटुलेकै थियो । तर, यो सफलता र चर्चाले आफू असहज अवस्थामा आइपुग्छु भन्ने खत्ताबले कल्पना पनि गरेका थिएनन् । तर, कल्पना बाहिरका कुरा उनले भोग्न पर्ने बाध्ययता आइप¥यो ।

अहिले उनी अपहरण गरी शरिर बन्धक बनाएको अभियोगमा न्यायिक हिरासतमा छन् । उनी विरुद्ध मान्छे अपहरण गरी १५ लाख फिरौती लिएर छोडेको भन्ने अभियोगमा प्रहरीले नियन्त्रण गरेर अनुसन्धान गरिरहेको छ ।

साझेदारबाटै अपहरणको आरोप
त्यसो त उनलाई अपहरणको मुद्दा लगाउने अरु कोही नभएर मिडिया हाउसकै साझेदार रहेका उद्योगपति तथा एमाले नेता अरुण राठी हुन् ।
खत्ताबको मिडिया हाउसमा प्रोडक्टहरु विज्ञापन गर्ने सहितको साझेदारी बन्न आएका राठीले करिब २ वर्ष अगाडी नेपाल टाइम्स मिडिया प्रालिको २० प्रतिशत शेयर २० लाख रुपैयाँमा खरिद गरेका थिए । काम गर्दै जाँदा बीचमा राठी र खताबको स्वभाव टकराउँदै आएको थियो । उनीहरु दुवैलाई नजिकबाट चिन्नेहरुका अनुसार मिडिया हाउसमाथिको स्वामित्व कसले आफ्नो पकडमा पार्ने होडबाजी चलिरहेको थियो । उद्योगीपति राठीलाई त्यो सामान्य थियो । तर, मिडिया हाउसका सञ्चालक खत्ताबलाई सजिलो थिएन ।
राठीबाट मिडिया हाउस किन्ने भन्ने अफर पनि नआएको होइन । तर, दुःखले आफूले एउटा लयमा हिडाउँँदै गरेको संस्थालाई बेच्ने सोँचमा भने उनी थिएनन् । आफूले संस्था बिक्री नगर्ने तर्कलाई नै राठीले इगोको रुपमा लिएर षडयन्त्र गरेको खत्ताबको भनाई छ । उनले आफू पक्राउ पर्नु केही दिन अगाडी पनि आफूले केही गलत काम नगरेको दाबी गर्दै सामाजिक संचाल फेसबुकमा स्टाटस पोष्ट गरेका थिए ।

भएको के थियो ?
राठीले १५ लाखको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा काटेका छन् । एक त उनी स्वयम् मिडिया हाउसको साझेदारी पनि हुन् । आफैले चेक काटेर दिएको १५ लाख रुपैयाँ खत्ताबले फिरौती मागेको भन्दै राठीले अपहरण गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिएका थिए ।
त्यस पश्चात खताबविरुद्ध पक्राउ पूर्जी जारी भयो । भने, उनलाई मंसिर २९ गते बिहिबार दिँउसो प्रहरीले पक्राउ ग¥यो । मोरङ प्रहरीले पक्राउ परेका खत्ताबलाई मोरङ अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु ग¥यो । उनको मुद्दा अहिले अधिवक्ता स्वागत नेपालसहितको टिमले हेरिरहेको छ ।

यो मुद्दाका विषयमा सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । अनुसन्धानको विषयमा बाहिर बोल्न नमिल्ने बताएको प्रहरीले प्राप्त प्रमाणका आधारमा अदालतबाट सफाई दिने की सजाय भन्ने कुरा निर्णय आउने बताएको छ । तर, खत्ताबले साझेदार भएपनि मिडिया हाउसमा आफ्ना उत्पादनको विज्ञापन गराएका राठीले भुक्तानी गर्नुपर्ने रकम दायित्वको रुपमा देखिएको दावी गर्दे आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्