एनएमबी बैंकमा खाता भएकालाई विराटनगरको क्लिनिकमा छुट

<span class='c1'>एनएमबी बैंकमा खाता भएकालाई</span> <span class='c2'>विराटनगरको क्लिनिकमा छुट</span>

विराटनगर । एनएमबी बैंकमा खाता भएकाले विराटनगरको क्लिनिकमा छुट पाउने भएका छन्।

विराटनगरको दृष्टि, इन्डोक्राइन र सिद्धी विनायक डेन्टल क्लिनिकमा छुट पाउने भएका हुन्।

उक्त क्लिनिकमा एनएमबी बैंकमा खाता भएका ग्राहकहरुले ल्याव टेस्टमा १० प्रतिशत छुट पाउने व्यवस्था रहेको एनएमबी बैंक विराटनगर शाखाका शाखाका कर्जा अधिकृत किशोर घिमिरेले जानकारी दिए।

बैंकमा खाता भएका ग्राहकहरुले बैंकमा खाता भएको कुनै पनि किसिमको कागजपत्र देखाए पछी छुट पाउने व्यवस्था रहेको शाखाका कर्जा अधिकृत घिमिरेले बताए।

दृष्टि क्लिनिकको तर्फबाट डा दिनेश न्यौपाने,इन्डोक्राइन क्लिनिकबाट अनिता कोइराला र सिद्धी विनायक डेन्टल क्लिनिकबाट डा रोजिना शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भने, बैंकको तर्फबाट विराटनगर शाखाका प्रमुख कुल प्रसाद घिमिरेको रोहभरमा बैंकका प्रदेश१ का प्रमुख सन्तोष कुमार बुढाथोकीले हस्ताक्षर गरेको शाखाका कर्जा अधिकृत घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्