विराटनगर । घरेलुु मदिरा बनाउने ठाउँबाट प्रहरीले भाडाकुडासहित मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वले विराटनगर १२ मंगलबारेबाट मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बरामद गरेको हो ।
प्रहरीले घरेलु दुई हजार ८ सय ८० लिटर कच्चा पदार्थ, एक सय २५ लिटर मदिरा साथै मदिरा बनाउने भाडाकुडा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यलय विराटनगरमा बुझाउनेछ ।