विराटनगरका ज्येष्ठ नागरिकलाई तिर्थाटन

<span class='c1'>विराटनगरका ज्येष्ठ</span> <span class='c2'>नागरिकलाई तिर्थाटन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणको अवसर प्रदान गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो ।

भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीलाई महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शनिबार बिहान विदाई गरेका छन् । वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा निस्किएका छन् ।

वडाको वार्षिक विनियोजित बजेटअन्तर्गत ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन यात्रामा लगेको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुलाई झापा र इलामका विभिन्न धार्मिक र पर्यटकीयस्थलको भ्रमण गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्