विराटनगरकाे सास्थम कलेजद्धारा बिर्तामोडमा बिबिए र बिएचएमका विद्यार्थीलाई १ दिने अभिमुखीकरण

<span class='c1'>विराटनगरकाे सास्थम कलेजद्धारा बिर्तामोडमा बिबिए र</span> <span class='c2'>बिएचएमका विद्यार्थीलाई १ दिने अभिमुखीकरण</span>

विराटनगर । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सास्थम)विराटनगरले विद्यार्थीहरूलाई बिर्तामोडमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सास्थमले बिबिए र बिएचएमका प्रदेश १ भरीका विद्यार्थीलाई शुक्रवार बिर्तामोडकाे सिद्धार्थ हाेटलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । बिएचएम र बिबिएका एक सय ८० जना विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको थियाे । अभिमुखीकरण तालिम तथा बिषयगत कुरामा कलेजका बिएचएम कार्यक्रमका संयाेजक शैलेन्द्र गणेश र बिबिए कार्यक्रमका संयाेजक बिनय केसीले गरेका थिए ।

विद्यार्थीलाई उत्प्रेरणा, अनुशासन, हाेटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय र टुरिजम क्षेत्रकाे बिषयमा क्याम्पसका कार्यकारी निर्देशक राेशन थापाले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

प्रिन्सिपल देवराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरणको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालले गरेका थिए।

उक्त कार्यक्रममा क्याम्पस मेनेजर महेश्वर प्रसाद सिंहले स्वागत मन्तव्य राखेका थिए । प्रदेश १ कै पहिलाे हाेटल व्यवस्थापन बिषयमा सन् २००२ देखि शिक्षा दिदै आएको सास्थमले सन् २००९ देखि बिबिऐ र हाल सन्२०२३ देखि ऐमबिऐ कार्यक्रम सञ्चालनमा ल्याएको सास्थमका ट्रेनिङ ऐण्ड प्लेसमेन्ट विभागका प्रमुख कमल आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्