जहदाको तारेगामामा गोदाम गरिएको तीनलाख २५ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

<span class='c1'>जहदाको तारेगामामा गोदाम गरिएको तीनलाख २५</span> <span class='c2'>हजार मूल्य बराबरको सामान नियन्त्रणमा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका ७ तारेगामा गोदाम बस्ने प्रदिप साहको गोठबाट प्रहरीले तीनलाख २५ हजार ६०० रुपिँया मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर साहको घर नजिक रहेको गाई गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो ।

जोगबनीबाट दुर्गा स्टोरको नाममा प्याक गरेर पठाइएको सामान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार सामान भित्र्याएर लुकाई छिपाई राखेको सुचना आधारमा छापा मार्दा ३ लाख ३० हजार मूल्य बराबरको ६० थान साडी, कस्मेटिक फुलवाला चिम्टी ५२ प्याकेट र माला ३२ पकेट भेटिएको थियो । फुलवाला ३६ हजार ४०० र माला १९ हजार २०० बराबरको छ ।

इलाका प्रहरी कार्यालय रानीदेखि १० किलोमिटर पूर्व–दक्षिणमा पर्ने तारेगामा नाका तस्करीको मूल केन्द्र मानिन्छ । यहाँबाट पहुँच भएका तस्करहरुले मालवस्तु नेपाल भित्र्याउने गरेका छन् । आइतबार साँझ बरामद सामान इलाका प्रहरी कार्यालय रानीमा राखिएको र थप कारवाहीका लागि सोमबार भन्सार बुझाईने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्