प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ गते विश्वासको मत लिने

<span class='c1'>प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले</span> <span class='c2'>२९ गते विश्वासको मत लिने</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासकोम मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

‘मुख्यमन्त्री ज्यु ले २९ गते विश्वासकोमत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छौं,’ उनले आवर विराटनगरसँग भने,‘यो सँगै सभामुख निवविरोध हुनुभएको छ घोषणा हुनु बाँकी छ, २८ गते लगभग घोषणा हुन्छ । ’ उनले ३० गते उपसभामुख पनि चयन हुने जानकारी दिए ।

प्रदेश १ मा माओवादी केन्द्रको असन्तुष्टिको विषयमा कसरी छलफल गरिरहनुभएको छ भन्ने प्रश्नमा उनले कुनै समस्या नभएको र करिब मिलि सकेको दाबी गरे ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६० जना प्रदेससभा सदस्यको समर्थनमा कार्की पुस २४ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्