विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले समाचार सत्यतथ्यमा जोड दिनुपर्ने बताएका छन् ।
प्रदेश प्रमुख खापुङले सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको ११औं वार्षिकोत्सवको उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख खापुङले गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा खण्डन हुँदा पनि अगाडि भइसकेको समस्याको हल नहुने कुरालाई औंल्याएका थिए ।
यस्तै कार्यक्रममा उत्कृष्ट ऋणी भोजराज घिमिरे, धनकुमारी थापा, असल वचतकर्ता श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. १ का अध्यक्ष लिलावल्लभ अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, सहकारी संस्थाका उपाध्यक्ष दिपकुमार दाहाल, जिल्ला सहकारी वचन संघ, मोरङका अध्यक्ष माधव अधिकारीले समेत आफ्ना भानाई राखेका थिए ।