विराटनगरकी अञ्जुको क्याप्टेन सपना

<span class='c1'>विराटनगरकी अञ्जुको</span> <span class='c2'>क्याप्टेन सपना</span>

विराटनगर । ‘उहाँको श्रीमान पनि पाइलट नै हुनुहन्थ्यो दुर्घटनामा परेर ज्यान गुमाउनुभएको थियो ’ यती एयरलाइन्सकी पाइलट अन्जु खतिवडाका परिवार नजिकका सन्तोष तिम्सिनाले सुनाए ।

पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमान चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी र पइलट विराटनगर–५ की अन्जु खतिवडाले उडाएका थिए । अञ्जुको श्रीमान दिपक पोखरेल पनि यती एयरलाइन्सका को—पाइलट नै थिए । उनको श्रीमान सन् २००६ मा सुर्खेत-जुम्लाका लागि उडेको यति एयरलइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएको सुमनले बताए ।

उनका अनुसार श्रीमानको मृत्युपछि अञ्जुले पनि पाइलटको कोर्स गरेर करिब ७ वर्षदेखि यति एयरलाइन्समा कार्यरत थिए । पाइलट खतिवडाको एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको तिम्सिनाले जानकारी दिए । वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु बोकेर पाइलट कमल केसी, खतिवडा थिइन् ।

अञ्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्। विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार श्रीमानको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्। अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी यती एयरलायन्सले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्