आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

<span class='c1'>आज शोक बिदा, राष्ट्रिय</span> <span class='c2'>झण्डा आधा झुकाइने</span>

काठमाडौँ । यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएकोमा सरकारले आज अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखरा उडेको दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्