विराटनगरको कोसी अस्पतालको भवन निर्माण जिम्मा लिएको कम्पनी पाँच महिनापछि सम्पर्कमा

<span class='c1'>विराटनगरको कोसी अस्पतालको भवन निर्माण जिम्मा</span> <span class='c2'>लिएको कम्पनी पाँच महिनापछि सम्पर्कमा</span>

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आईसीयू-सर्जिकल-कार्डिक-न्यूरो-नेप्रोलोजी भवनको ठेक्का लिएर निर्माणको अख्तियारी पाएको कम्पनी सम्पर्कविहीन भएको छ ।

रमन÷भूमी÷बीआईपीएलसँग २०७८ असार २२ गते ३३ करोड २२ लाख ४८ हजार ९११ रुपिँयाको लागतमा छ तले भवन निर्माण सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको अख्तियारी पाएको बीआईपीएलका कृष्ण बोहरा सम्पर्कमा नआएको संघीय योजना कार्यन्वयन ईकाईका इन्जिनियर एवं सुचना अधिकारी अशोककुमार रामले जानकारी दिनभयो ।

अख्तियारी पाएको निर्माण कम्पनी बीआईपीएल सम्पर्कमा नआएपछि आयोजना कार्यन्वयन इकाई कम्पनीले छ पटक पत्राचार गरेको थियो । त्यसपछि ठेक्का साझेदार भएका रमन र भूमिले काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । रमन सविन महतो र भूमि अबिनाश बोहराको कम्पनी हो । यो भवन २०८० पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पाँच महिनासम्म ठेकेदार सम्पर्कविहीन भएपछि आयोजना कार्यन्वयन इकाई कार्यालयले अख्तियारी पाएकोसहित साझेदार निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको इन्जिनियर रामले जानकारी दिनुभयो । ‘सार्वजानिक सूचना जारी गरिसकेपछि दुई कम्पनीका प्रतिनिधि सम्पर्कमा आउनु भएको छ, बाँकी काम माघको पहिलो हप्तादेखि सुरु गर्ने प्रतिवद्धता छ’ इन्जिनयिर रामले भन्नुभयो–भनेको समयमा काम अगाडी बढाउने देखिएन भने कालोसूचीमा राखिनेछ ।

कार्यालयले निर्माण कम्पनी रमन/भूमी/बीआईपीएललाई २०७९ साउन २६ गते पहिलो पत्राचार गरेको थियो । सम्पर्कमा नआएपछि पुनः भदौ १५ मा दोस्रो पत्र काटेर काम सुरु नहुनुको कारण सोधेको थियो । त्यसपछि असोजमा निर्माण कम्पनीले १५ दिन काम गरेपछि सम्पर्कविहीन भएको थियो ।
पुनः सम्पर्कविहीन भएपछि कार्तिक ४, १८ र १७ गते तथा मंसिर १ गते पत्र पठाइएको थियो । त्यसपछि सार्वजानिक सूचना निकालिएको इन्जिनियर रामले जानकारी दिनुभयो । सरकारी कार्यदेशको उल्लंघन गर्ने निर्माण कम्पनीमध्ये दुई कम्पनीले काम सुचारु गर्ने बताएका छन् ।
सम्झौतापछि २०७९ साउनसम्ममा बेसमेन्ट र सेरवालको काम भएको थियो । त्यस वापत ५ करोड ६९ लाख ४४ हजार कम्पनीले भुक्तानी पाईसकेको छ । निर्माणाधिन भवनको पहिलो, दोस्रो र तेस्रो तलामा आईसीयू, सर्जिकल, कार्डियो, न्यूरो र नेफ्रोलोजी विभाग रहनेछ । पहिलो चरणमा चार तलाको मात्रै ठेक्का लागेको छ ।

कोसी अस्पतालमा दश तलाको मेडिकल ब्लक निर्माणको प्रारम्भिक काम समेत सुरु गरिएको छ । पाँच सय शै्याको मेडिकल भवनको लागत २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपिँया रहेको छ । यो भवन निर्माणको काम काठमाण्डौंको केसी कन्ट्रक्सन फर्मसँग २०७९ पुस १३ गते सम्झौता भएर शिलन्यास भईसकेको छ । २०८२ पुस १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने अवधी रहेको छ । नयाँ भवनमा एक्स–रे, सिटी स्क्यान, एमआरआई, प्याथोलोजी, पेडियाट्रिक, अर्थोपेडिक, साईक्याट्रिक, डर्माटोलोजी, एसआईसीयू, सीआईभीएस, यूरो तथा ग्याष्ट्रो, न्यूरो सर्जैरी र फार्मेसीको सेवा रहने उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्