विराटनगर । प्रदेश १ ले तीनजना संघिय मन्त्री पाउने भएको छ ।
आज (मंगलबार) विस्तार गर्न लागेको मन्त्री मण्डलमा प्रदेश १ ले तीनजना मन्त्री पाउने भएका हुन् ।
माओवादी केन्द्रबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री हुने भएका छन् । भने नेकपा एमालेको तर्फबाट भगवती चौधरी मन्त्री हुने भएका छन् । मोरङका अमानलालल मोदीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा पाउने भएका छन् ।
भोजपुरका सुदन किराँतीले संस्कृति तथा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।