अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन

<span class='c1'>अभिषेक गिरीको स्थानान्तरणको</span> <span class='c2'>निर्णयविरुद्ध प्रदर्शन</span>

विराटनगर । जिल्ला कारागार मोरङ चौकीदार अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ ।

गिरीलाई मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध मंगलबार कारागार भित्र सरुवाको कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुवाको निर्णय भएको थियो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद अवधि फागुन ३ गते सकिदैछ । डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई तत्कालै चौकीदारको जिम्मेवारी दिइएको थियो ।

तत्कालिन गृहमन्त्री बालकृष्ण खाडको निर्देशनमा २०७८ मंसिर ९ गते गिरीलाई मोरङ कारागार ल्याइएको थियो । उनलाई मोरङ ल्याउने निर्णयको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । उनको सरुवाको विरोधमा पनि प्रदर्शन भएको हो ।

गिरीलाई ल्याउन भन्दै २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्