टंकीसिनवारी जेसिजको २० औँ अध्यक्षमा नवराज शाह निर्वाचित

<span class='c1'>टंकीसिनवारी जेसिजको २० औँ</span> <span class='c2'>अध्यक्षमा नवराज शाह निर्वाचित</span>

विराटनगर । टंकीसिनवारी जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट टंकीसिनवारी जेसिजको २० औँ अध्यक्षमा सन् २०२३ का लागि नवराज शाह निर्बिरोध निर्वाचित भएका छन् । त्यसतै कार्यकारिणी उपाध्यक्ष अनिष भट्टराई र क्षितिज थापा,उपाध्यक्ष लव यादव,कृष्ण भट्टराई,भाबुक घिमिरे र सागर थापा, तालिम संयोजक कृताञ्जली बराल निर्वाचित भएका हुन् ।

शाह जेसिज सन् २०२२ को कोषाध्यक्ष हुन् । टंकीसिनवारी जेसिजको २० औँ बर्षमा पुगेको छ । अध्यक्ष बनेका कारण टंकीसिनवारी जेसिजको गरिमालाई उच्च राख्नका लागि कुनै कसर बाकी नराख्ने र टंकीसिनवारी भरीका युवाहरुलाई जेसिजमा आकर्षण गर्न राम्रा योजनाहरु लिएर आउने, नेतृत्व र ब्यक्तित्व बिकास गराउने संस्था भएका कारण सोही अनुसारका गतिविधि बर्ष भरि नै संचालन गरिने नवनिर्वाचित अध्यक्ष नवराज शाह जानकारी दिए ।

त्यस्तै टंकीसिनवारी जेसिजका वर्तमान अध्यक्ष राघव कोइरालाले चाडै नै पदस्थापना कार्यक्रम संचालन गरि पद हस्तान्तरण गरिने जानकारी दिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफ्नो साथ टंकीसिनवारी जेसिजलाई रहने र आफू हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

निर्वाचन प्रक्रियामा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा टंकीसिनवारी जेसिजका पुर्व अध्यक्ष सुवोध कोइराला, टंकीसिनवारी जेसिजका पुर्व अध्यक्ष शिव कोइराला,भोजराज घिमिरे, अशोक अधिकारी, चण्डी रेग्मी, जय प्रकाश मण्डल राजवंशी, ईश्वर भण्डारी,कैलाश केसी,निर्वतमान अध्यक्ष २०२२ का लोचन राज न्यौपाने,टंकीसिनवारी जेसिजका सदस्य लगायतको उपस्थित रहेको थियो ।

एक ब्यक्ती एक कार्यकाल र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृया बाट नया बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम निर्वाचन प्रक्रिया बाट नया बोर्ड गठन भएको वर्तमान जन सम्पर्क अधिकारी सुभम भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्