जापान जाने सपना बिर्सेर न्याय खोज्दै विराटनगर धाउँछन् युवा

<span class='c1'>जापान जाने सपना बिर्सेर न्याय</span> <span class='c2'>खोज्दै विराटनगर धाउँछन् युवा</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ का हरि राजबंशी र सुनवर्षी नगरपालिका–६ का अजय राजबंशी नातामा मामा–फुपुका सन्तान हुन् । दाजुभाईको नाताका उनीहरु अहिले खोज्ने र भाग्ने परिबन्धमा गाँजिएका छन् ।
जापानको गार्मेन्ट कम्पनीमा पठाई दिने भन्दै अजय राजबंशीले हरि राजबंशी जस्तै ४१ जना युवाबाट रकम बुझेका छन् । रकम बुझाएको वैधानिक कागजात बोकेका उनीहरुले जापान पुग्ने सपना बिर्सेर न्याय खोज्दै विराटनगर धाउनु परेको छ । अजय २ करोड ८० लाख रुपैँया रकम संकलन गरेपछि फरार छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा गत पुस २० गते पीडितले दिएको निवेदनमा अजयसँगै उनका भाई रन्जित, बुहारी अनुराधा र बहिन विद्या राजबंशीले ठगि गरेर फरार भएको उल्लेख छ । तर, अहिले चारैजना मोरङ सुनवर्षीको घरमा छैनन् ।
गत चैतमा जापान पठाउने भन्दै उनीहरुबाट बहिनी, भाई–बुहारीसँगै चितवनका राजेन्द्र अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराइएको थियो । त्यसयता जापान जाने तरखर गरिरहेकाहरुले अहिले धितो राखेको जग्गा उकास्ने पैसासँगै अजय राजबंशीलाई खोजिरहेका छन् ।

आफन्तको जालो बुन्दै अजयले अधिकांश राजबंश् िसमुदायका युवासँग पैसा असुलेर फरार छन् । विराटनर–१९ का बिक्रम राजबंशी पाँख लाख रुपैँया गत जेठमा बुझाएदेखि अहिलेसम्म बाटो हेरेर बसिरहेको सुनाउँछन् । बिक्रमले भने दशैं अगाडी पठाउने भन्थ्यो, सबै तयारी गरेर बसें पठाएन, त्यसपछि अग्रेजी नयाँ वर्षको भाका थियो, त्यसपछि सम्पर्कमा छैन ।
कटहरी गाउँपालिका–३ का योगेश राजबंशी ब्याचलर अफ कम्प्यूटर अध्ययन गरेका छन् । उनलाई मासिक चारलाख रुपैँयाको रोजगारी मिल्ने लोभ देखाएर १६ लाख लिइएको छ । बुधबार जिल्ला अदालत मोरङ परिसरमा भेटिएका योगेशले अब के गर्ने भन्ने सोच्नै नसकेको गुनासो गरे । जापान गएर फर्केका अजयले नाता सम्बन्ध जोड्दै पैसा उठाएको पाईयो, योगेशले भने–उनी फेरी बुबाआमालाई मात्रै छोडेर देश छोडेकी भन्ने चिन्ता छ ।

कानेपोखरी–२ केरौनका अनिल राजबंशीका अभिभावकले जग्गा साहुसँग धितोमा राखेर ऋण लिएका थिए । छोरो जापान जाने भएपछि धितो राखेको जग्गा उकास्न अहिले धौ–धौ परिरहेको छ । तर, अनिल आफ्नो गुमेको पैसा फिर्ता गराएर जग्गाको लालपूर्जा उकास्ने मनसायमा पुगेका छन् । यस्तै कटहरी–२ का मिराजयकुमार राजबंशी ८ लाख बुझाएर भौंतारिनु परेको सुनाउँछन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले ठगिमा संलग्न रहेका व्यक्तिलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयाई पत्राचार गरेको छ । तर, पुस २० गतेयता अजयसहित भाई रन्जित, बुहारी अनुराधा र बहिनी बिद्या राजबंशी नियन्त्रणमा आईरहेका छैनन ।
रकम बुझाएर पीडित भएका विराटनगर–१९ का बिक्रम राजबंशीले काठमाण्डौंमा अजयलाई यस बीचमा भेटेका समेत थिए । तर, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजबंशीले उनको जिम्मा लिएपछि छोडिएको थियो । अहिले अजयसहित पैसा बुझेका व्यक्तिहरु फरार हुनुमा सुनवर्षी नगरपालिकाका प्रमुखको समेत मिलेमतो रहेको आशंका युवाहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्