विराटनगरको तीनपैनीमा विद्युतीय स्कुटर शोरुम संचालनमा

<span class='c1'>विराटनगरको तीनपैनीमा विद्युतीय</span> <span class='c2'>स्कुटर शोरुम संचालनमा</span>

विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा विद्युतीय व्याट्री जडित स्कुटर बजारमा ल्याइएको छ ।

विराटनगर तीनपैनीमा रहेको सुवी ग्रीन भेकल प्रा.लि.ले २० लाखको लगानीमा विद्युतीय स्कुटर र साईकलको सोरुम बुधबारदेखी संचालनमा ल्याएको हो ।

चीनमा निर्मित तराई मोटर र वोई ब्राण्डको विद्युतीय स्कुटरको सोरुम संचालकका पिता बेनी सोनीले रिवन काटेर उद्घाटन गरेका थिए । चीनमा निर्माण भएको तराई मोटर ब्राण्डको विद्युतीय स्कुटर ३ वटा मोडल र वोई ब्राण्डको ५ वटा मोडल रहेको सोरुमका संचालक सुनिल सोनी जानकारी दिए ।
स्कुटरको व्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ९० देखि एक सय १० किलोमिटरसम्म स्कुटर चलाउन सकिने संचालक सोनीले बताए । स्कुटरको व्याट्री फुल चार्ज गर्न ६–७ घण्टा लाग्ने र घरकै ६ एमफियरको नर्मल सकेटबाट सजिलै चार्ज गर्न सकिने संचालक सोनीले जानकारी दिए। एक पटक चार्ज गर्दा ३ युनिट मात्रै विद्युतीय उठ्ने सुवी ग्रीन भेकल प्रा.लि.विराटनगरले जनाएको छ ।

तराई मोटर मोडलको स्कुटरमा लिड एसिडको व्याट्री प्रयोग गरिएको छ भने उक्त व्याट्री व्यारेन्टी १ वर्षको रहेको सोरुमका अर्का संचालक विनोद सोनीले जानकारी दिए। त्यसैगरी वोई मोडलको स्कुटरमा लिथियम फोस्फेट व्याट्री प्रयोग गरिएको छ भने उक्त व्याट्री व्यारेन्टी २.५ वर्षको रहेको संचालक सोनीले बताए। स्कुटरको मुल्य रु.१ लाख ६० हजार देखि २ लाख २० हजार सम्म खरिद गर्न सकिने सुवी ग्रीन भेकल प्रा.लि.विराटनगरले जनाएको छ । तराई मोटरको २ वटा स्कुटर बिक्रि भईसकेको सुवी ग्रीन भेकल प्रा.लि.ले जनाएको छ ।

स्कुटरको पार्टस र सर्भिसिङ्ग समेत यसै सोरुममा गरिने व्यवस्था रहेको संचालक सोनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्