विराटनगर ५ भदौ । ताप्लेजुग कारागारमा डियुटीमा रहेका एक प्रहरी हवलदार अचानक लडी घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
कारागार सुरक्षा गार्ड बसिरहेका हबल्दार राजीव सुब्बा विहिबार डिउटीको क्रममा डियुटीपोष्टबाट अचानक लडेका थिए । उनलाइ उपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएको र उपचारकै क्रममा मृत्यु भएका क्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।