विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढ्ने बताएका छन्।
आज (बिहीवार) पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए ।
मन्त्री कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढाउने दाबी गर्दै गठवन्धनको सरकार भएकाले समझदारीमा अगाडी बढ्ने समेत बताए ।
मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण लिएका हुन् । भने उनी नियुक्त भएयता विनाविभागिय ७ जना बिना विभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।