भोलीदेखि विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुदै , पुर्वसन्धयामा ¥याली

<span class='c1'>भोलीदेखि विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट</span> <span class='c2'>हुदै , पुर्वसन्धयामा ¥याली</span>

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्धयामा विराटनगरमा ¥याली निकालिएको छ ।  प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो ।


विराटनगरको सहिद मैदानदेखि निकालिएको ¥याली महानगरको विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चौकमा आएर सम्पन्न भएको थियो । ¥यालीमा प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, शिक्षक र विद्यार्थीहरूको सहभागि रहेको थियो ।

माघ ६ देखि ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । फुटबल जुट मिलको खेलमैदानमा अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा हुनेछ ।


फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिनेछन् । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरूले भाग लिनेछन् ।
स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् । ‘यो प्याब्सनको महाकुम्भ हो,’ उनले भिनन्, ‘प्याब्सन स्पोर्ट्स मिटमा प्रत्यक्ष रूपमा १ लाख बढीले खेलहरूको अवलोकन गर्नेछन् ।’ स्पोर्ट्स मिटको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्नेछन् । प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रत्येक वर्ष हुँदै आएको प्याब्सन् स्पोर्ट्स मिट दुई वर्षपछि हुन लागेको हो । यसअघि कोभिड १९ को कारणले नियमित रुपमा प्याब्सन स्पोर्ट्स मिट हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्