तस्करीमा नियन्त्रणमा खरो उत्रन्छु: डिआईजी ज्ञवाली

<span class='c1'>तस्करीमा नियन्त्रणमा खरो</span> <span class='c2'>उत्रन्छु: डिआईजी ज्ञवाली</span>

विराटनगर । प्रहरी नायव महानिरीक्षक (डिआईजी) श्यामलाल ज्ञवालीले खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी नियन्त्रणमा खरो उत्रनु बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएको भोलिपल्टै पत्रकारसँग भेटभाट कार्यक्रम राखेर डिआईजी ज्ञवालीले कानुनको अधिनमा बसेर शुन्य सहनशिलता अपनाउने दावी गरेका हुन् ।

सरकारको राजस्व बृद्धि गर्ने र वैधानिक बाटोबाट वस्तुको आयात–निर्यात हुनुपर्ने भएकोले खुल्ला सीमानाकाबाट हुने कारोबार पूर्णत नियन्त्रण हुनुपर्छ भन्ने मान्यता प्रहरीले राख्छ, डिआईजी ज्ञवालीले भने–कानुनले हामीलाई दिइएको जिम्मेवारी पूरा गर्ने छौं ।

‘सुचना लकाउनु पर्छ भन्ने मेरो मान्यता छैन’ डिआईजी ज्ञवालीले भने–सामान पक्राउ गरेको विवरण पठाएर तस्करी नियन्त्रण भयो भन्न मिल्दैन । उनले सामान भित्रने ठाउँमै बन्द गरेपछि अवैध रुपमा भित्रिएका बस्तु पक्रनै नपर्ने बताए । सकरारको कार्ययोजना र हेडक्वाटरको निर्देशन बमोजिम कानुनले दिएको क्षेत्रमा कुनै पनि काम नभएको भन्ने गुनासो गर्ने ठाउँ नराख्ने डिआईजी ज्ञवालीको दावी थियो ।

प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा लागुऔषधको जालो फैलिएकोले त्यसलाई नियन्त्रण गर्न प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा नियन्त्रण कार्ययोजना निर्माण गर्न जिम्मेवारी दिइएको डिआईजी ज्ञवालीले जानकारी गराए । यसका लागि प्रदेश सरकारसँग समेत परामर्श गरेर लागुऔषध कारोबारी, दुव्र्यसनीहरुलाई नियन्त्रसमा लिएर उनीहरुलाई सुधार गर्ने योजना राखिएको ज्ञवालीले बताएका छन् ।

संघीयता अनुसार प्रदेश संरचना बनेपछि प्रदेश सरकारसँगको समन्वयमा प्रदेश प्रहरीले काम गर्ने उनले बताए । उनले आम नागरिकले सुरक्षा प्रत्याभूत हुने अवस्था सिर्जना गर्न आफुले कदम चाल्ने डिआईजी ज्ञवालीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्