विराटनगर । विराटनगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरपालिकाले शनिमन्दिर–जलजलाचोकसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित (नो पार्किङ) क्षेत्र घोषणा गरेको छ
जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको महानगरले जनाएको छ । पहिलो चरणमा जलजलाचोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको थियो । सो क्षेत्रको सवारी जलजला हल उत्तरमा रहेको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै दोस्रो चरणमा शनिमन्दिरदेखि जलजलाचोक र शनिमन्दिर चोकदेखि महावीर रोडसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले उत्त स्थानमा नो पार्किङका बोडहरु राखिसकेको छ । सो क्षेत्रको सवारी महावीर रोड उत्तर र शनिमन्दिर पूर्वमा रहेको जग्गामा पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । विराटनगर क्षेत्र क्षेत्रका मुख्य सडकलाई पनि क्रमैसँग पार्किङ निषेधित क्षेत्र घोषणा गर्दै जाने महानगरको योजना रहेको छ ।