पुराना कलाकार चन्द्र थापालाई सम्मान गरिने

<span class='c1'>पुराना कलाकार चन्द्र</span> <span class='c2'>थापालाई सम्मान गरिने</span>

विराटनगर । विराटनगरका पुराना कलाकार चन्द्र थापालाई आगामी शनिबार सम्मान गरिने भएको छ । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिले ७२ वर्षीय थापालाई आरोहरण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको हो ।

कटहरी गाउँपालिका–२ निवासी थापा हिम मन्दिरमा आवद्ध भई संगित क्षेत्रमा लागेका पुराना कलाकार हुन् । वरिष्ठ रंगकर्मी एवं चलचित्र निर्देशक सव.माधव सापकोटाले स्थापना गर्नु भएको हिम मन्दिरबाट कलाकारिता सुरु गरेका थापालाई नगद २५ हजार राशीसहित सम्मान गरिने संयोजक इन्द्रबहादुर परियारले जानकारी दिएका छन् ।

विराटनरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिका संयोजक परियारले पुराना कलाकारलाई राज्यले दिनुपर्ने सम्मान नदिएपछि कलाकारहरुकै सक्रियतामा सम्मान गर्न लागिएको बताएका छन् । थापा २०६० सालसम्म कलाकारितामा सक्रिय थिए । ‘यो कान्छीको आँखै राम्रो’ बोलको गीत त्यसबेलासम्म निरन्तर थियो ।

थापाले स्व.सापकोटाद्वारा निर्देशित नागक रक्तिम बलेसीका रातहरु, सिन्दुर चुरापोते मेरो जिन्दगी, रहस्यमय रात, टेलिसिरियल अग्नीपथ, चलचित्र सौभाग्यका गीतमा संगित दिएका थिए । यसैगरी टेलिसिरियल खर्पने, नाटकहरु सारंगीको आँसु, यात्री, रसिक बुढो अन्यौलमा र सांगितीक एल्बम द ब्लु मुन र कान्छीको आँखै राम्रो संगीत दिएका छन् ।

थापा स्व.सापकोटा, स्व.राज आनन्द कार्की, स्व.चतुर्भुज आशावादी, स्व.कामेश्वर झाका समकालिन एकमात्रै जीवित कलाकार हुन् । उनलाई सम्मानसँगै विराटनगरमा कलाकार सम्मान प्रतिष्ठान गठन गरिने भएको छ । यसैको तयारीस्वरुप परियारको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्