विराटनगर ढाटमा भएको दुर्घटनामा एकजनाको मृत्यु

<span class='c1'>विराटनगर ढाटमा भएको</span> <span class='c2'>दुर्घटनामा एकजनाको मृत्यु</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् । उनी प्रदेश १ संसदसचिवालयका कर्मचारी हुन् ।

हाईवेमा बिहान ८:५५ बजे भएको दुर्घटनामा उनी गम्भीर घाईते भएका थिए । तत्काल उपचारका लागि विराट टिचिङमा भर्ना गरिएका उनको दिउँसो मृत्यु भएको मोरङ प्रहरीका नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । दक्षिणबाट उत्तरतर्फ गईरहेको को ३८ प ५३८७ नम्बरको स्कुटी र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १ –०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल एकअर्कामा ठक्कर खाएको थियो । मृतक श्रेष्ठ मोटरसाइकलमा सवार रहेका थिए ।

स्कुटीमा सवार बुढीगंगा–२ का रोशन बिकलाई समेत गहिरो चोट लागेको छ । उनको नाक तथा अनुहारमा चोट लागेको हो । स्कुटीको पछाडी रहेका विराटनगर–४ का २५ वर्षीय बिशाल प्रसाँई समेत घाईते भएका थिए ।

उनीहरुको बिराटमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्