विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ।
विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले सोही ठाउँको मोहम्मद मुन्ना कुरेसिले लगभग १ करोड लागतमा द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा ल्याएको हो । फिटनेस क्लबमा एरोबिक, कार्डियो, फिजिकल ट्रेनिङ, डाईट प्लानिङ गराउने जिम क्लबका संचालक तनविर कुरेसिले जानकारी दिनुभयो ।
एकपटकमा ५० जनाले अभ्यास गर्न सकिने जिम क्लबमा महिला र पुरुष दुबैजनाले जिम गर्न सकने ब्यवस्था रहेको छ ।
जिम क्लब उद्घाटन कार्यक्रममा बिराटनगर ९ का वडा अध्यक्ष बिश्वनाथ भगत, बिराटनगर ११ का वडा अध्यक्ष त्रीथेन्द्र न्यौपाने , युवा नेता वसिम आलम , कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।