पेरागन एकेडेमीको संचालक समितिको अध्यक्षमा माझी चयन

<span class='c1'>पेरागन एकेडेमीको संचालक समितिको</span> <span class='c2'>अध्यक्षमा माझी चयन</span>

विराटनगर । विराटनगरस्थित पेरागन एकेडेमीको संचालक समितिको अध्यक्षमा बैजनाथ माझी सर्वसम्मतिले चयन भएका छन् ।

संचालक समितिको बैठकले माझीलाई सर्वसम्मतिले अध्यक्षको रुपमा चयन गरेको हो ।

त्यस्तै संचालक समितिको सदस्यहरूमा विजय शर्मा पोखरेल, प्रशान्त घिमिरे, प्रवेश दुलाल, एलिश कट्टेल र लोकेश गौतम चयन भएका छन्।

विस २०५२ सालदेखि निरन्तर शैक्षिकक्षेत्रमा योगदान पु¥याउँदै आएको पेरागनले विद्यार्थीहरूमा रहेको अन्तरनिहीत क्षमतालाई पहिचान गरेर त्यसलाई प्रस्फुटन गराउँन महत्वपूर्ण भूमिका खेल्दै आएको विद्यार्थीहरूलाई सूचना र संचारको भरपुर प्रयोग गराई विश्वसँग नजिक बनाउने उदेश्य रहेको नवनिर्वाचित अध्यक्ष माझीले बताएका छन् ।

विद्यालयको शैक्षिक सुधारका लागि आफू अग्रमोर्चामा रहेर काम गर्ने प्रतिवद्धता माझीले जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्