विराटनगर । झापा घर भई विराटनगर आईपुगेकी २७ वर्षीया एक महिला र १४ वर्षीया बालिकालाई विराटनगरको होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् ।
आफ्नी दिदीकी १४ वर्षीया छोरीसँग आएकी महिला होटलमा पुगेको बेला भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरले उनीहरुलाई जर्बरजस्ती करणी गरेको आरोप छ ।
करणीपछि भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिइएको छ ।