विराटनगरमा सडक पार्किङ्ग निषेध विरुद्ध व्यापारी आन्दोलित

<span class='c1'>विराटनगरमा सडक पार्किङ्ग निषेध</span> <span class='c2'>विरुद्ध व्यापारी आन्दोलित</span>

विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध गरेका सडकका व्यापारी त्यसको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन् ।

व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर सवारी राख्न समस्या भएको, सेवाग्राहीले तोकिएको पार्किङस्थलमा सवारी रोकेर पसलसम्म आईनपुगेको दावी गरेका छन् । महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ जुत्ता–चप्पल मेला लाग्ने स्थान र ग्रिनक्रस अस्पताल पछाडीको खाली जग्गालाई पार्किङ स्थल घोषणा गरेको छ ।

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोड सम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रुपमा तोकेको छ ।
अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको ईप्लटलाई पार्किङस्थल तोकिएको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रुपमा प्रयोग गरिदैं आएको छ । हनुमान मन्दिर–जलजला चौकसम्म केहिवर्ष अगाडी नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।

विराटनगरका व्यापारीले महानगरको यो कार्यले व्यापार गर्न असहज भएको बताउँदै अवैज्ञानिक पार्किङ निषेध गर्न नपाईने माग गरेका छन् । महावीर रोडका व्यापारीले सटर नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरु नाराबाजीसहित महानगरपालिका घेराउ गरेका छन् । उनीहरुले व्यापारी र सेवाग्राहीलाई पार्किङ गर्न छुट दिनुपर्ने माग गरेका छन् । लामो समयदेखि विराटनगरमा सार्वजानिक पार्किङ अभाव रहेको गुनासो उठ्दै आएको थियो । त्यसको सम्बोधन महानगरपालिकाले गर्ने प्रयत्न गरेपनि अहिले त्यसको विरोध सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्