सिएनआई कोशी एक्स्पो विधिवतरुपमा आजबाट सुरु (तस्बिरसहित)

<span class='c1'>सिएनआई कोशी एक्स्पो विधिवतरुपमा</span> <span class='c2'>आजबाट सुरु (तस्बिरसहित)</span>

विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी एक्स्पो विधिवतरुपमा सुरु भएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) प्रदेश १ को आयोजनामा आजबाट सुरु भएको हो । एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीले गरेका छन् ।

आज अर्थात माघ १९ देखि सुरु भएको एक्स्पो २८ गतेसम्म हुने आयोजकले जनाएको छ । चौतर्फी आर्थिक मन्दी छाएको वेलामा यसले औद्योगिक तथा व्यापारिक क्षेत्रमा केही सहयोग पुग्ने अपेक्षासहित एक्स्पो आयोजना गरिएको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए।

एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका करिब ३ सय बढी स्टल रहने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगीहरुलाई आफ्नो मागहरुसहितको डेलिकेशन लिएर काठमाण्डौ आउन आग्रह गरेका छन् । उनले उद्योगी व्यवसायीहरुका समस्यालाई सरकारले कुरा गरेर मात्रै उद्योगीको चिउरा नभिज्ने बताउदै भने,‘ तपाईका मागहरुसहितको डेलिकेशन लिएर काठमाण्डौ आउनुहोस्, तपाईहरुलाई राखेर सामाधन हुन सक्ने र हुन नसक्ने बताउने छौ ।’

यस्तै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गरेको असहयोगका गुनासोको वीचमा पनि उद्योग वाणिज्य क्षेत्रलाई अगाडी बढाउन योगदान पुर्‍याएकोमा बधाई साथै धन्यवाद समेत दिएका छन् ।

आफ्ना उत्पादन प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको र ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषि उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ। त्यसरी स्टल राख्ने उद्यमीका लागि सम्बन्धित स्थानीय तहले एक्स्पोको प्रवर्द्धनमा सहयोग गर्ने आयोजकले जनाएको छ।

एक्स्पोमा बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रूपैयाँ प्रवेश शुल्क र विद्यार्थीका लागि भने ५० रूपैयाँ तोकिएको र साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रूपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्