विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सिएनआइ कोशी एक्स्पोमा पहिलो डोमको तेस्रो स्थानमा आफ्नो स्टल राखेको छ ।
मासिक ६ सय देखि ६ हजार ५ सय सम्मका प्याकेजहरु उपलब्ध गराउने घोषणा गरेको वर्ल्डलिंकले भिजिटरहरुलाई लक्की ड्र मार्फत ५० प्रतिशत छुट दिने साथै नि:शुल्क जडान गर्ने व्यवस्था मिलाएको जनाएको छ।
आफ्ना ग्राहकहरुलाई भारि छुट दिनको लागि २०० एमबिपीएस वा सो भन्दा माथि व्याण्ड्विथ लिने सबै ग्राहकलाई नि:शुल्क नोकियाको बिकन १.१ राउटर दिने जानकारी दिएको छ । विद्यार्थी थोरै युजर हुने घरायसी उपभोक्ताका लागि मासिक ६ सय पर्ने गरेर वर्ल्डलिंकले ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउन सकिने जनाएको छ।
घरायसी उपभोक्ताका लागि १२० एमबिपिएस गतिको इन्टरनेट मासिक ८ सय रुपैयाँमा २०० एमबीपिएसको इन्टरनेट, मासिक एक हजार ५० सय रुपैयाँमा र ३०० एमबीपिएसको इन्टरनेट मासिक एक हजार १ सय ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
२०० एमबिपिएस देखि माथिका सबै इन्टरनेट प्याकेजमा वाईफाई कभरेज पर्याप्त होस् भनेर नोकियाको बिकन १ १ पनि नि:शुल्क उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले दिएको छ।
साथै वर्ल्डलिंकले साना तथा मझौला उद्योग होटल रेस्टुरेण्ट र कार्यालय आदिलाई केन्द्रित गरेर मासिक दुई हजार रुपैयाँमा ५० एमबिपिएसको सेमी डेडिकेटेड , मासिक तीन हजार रुपैयाँमा ७५ एमबिपिएस साथै मासिक चार हजार रुपैयाँमा १०० एमबिपिएस र ६ हजार ५ सय हजार रुपैयाँमा १५० एमबिपिएसको स्पिड उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।