‘क्राउड क्रिएटर’ सविन राईले आज शुक्रबार विराटनगर तताउने

<span class='c1'>‘क्राउड क्रिएटर’ सविन राईले</span> <span class='c2'>आज शुक्रबार विराटनगर तताउने</span>

विराटनगर । युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो ऐतिहाँसिक प्रस्तुति दिंदैछन् ।

गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहको प्रस्तुतिले विराटनगरका दर्शक उचालिने छन् ।

प्रदेश १ कै सुन्दर शहर धरानबाट संगीतको यात्रा थालेका सविन राईको प्रस्तुतिले कोहिपनि दर्शक स्रोत चुप लागेर बस्ने छैनन् । किनभने उनका हरेक लाइभ कन्सर्ट यति हिट हुन्छन् कि त्यसलाई सविनले ऐतिहाँसिक भन्ने गर्दछन् । सविन राईले यसअघि विराटनगर आएर आफ्नो प्रस्तुति दिंदा उनलाई लाइभ सुन्न विराटनगरबाट मात्रै होइन कि नजिकका प्रमुख शहरहरु इटहरी, धरान, उर्लाबारी, दमक, गाईघाट र विर्तामोडसम्मका दर्शक उर्लिएका थिए ।
उत्कृष्ट साउण्ड सिस्टम र लाइटमा उनले दर्शनौं गीतका माध्यमबाट शुक्रबार विराटनगरको सन्ध्याकालिन चिसोलाई पनि भुलाउने छन् । दर्शकहरुले सविनलाई नजिकैबाट लाइभ हेर्नेछन् । उनका लोकप्रिय गीतहरुमा झुमिने छन् ।

गुराँसको फेदमुनी, कोमल त्यो तिम्रो वदनमा, किन कि म, नमूना, म संसार जित्ने आँट गर्दैछु जस्ता गीत उनका फ्यान फलोलर्सहरुका लागि कहिल्यै छुटाउन नमिल्ने गीतभित्र पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्